News Summary
Generated by OK AI. Editorially reviewed.- कपनगढी सिनेमा र फिल्म क्रु नेपालको प्रस्तुतिमा तयार भएको फिल्म ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ ।
- असोज २ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको गीतमा आमाको महिमा र वृद्धाश्रमको तीतो यथार्थलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।
- ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यस फिल्ममा आर्यन सिग्देल, केकी अधिकारी र आँचल शर्मालगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ ।
काठमाडौं । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको प्रस्तुतिमा तयार भएको फिल्म ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ । असोजको २ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर, डाक्टर कृष्णहरि बरालको शब्द, अर्जुन पोखरेलको संगीत छ ।
यो गीतको शब्द निकै नै मार्मिक छ । गीतले आमाको महिमाको बयान गरेको छ । साथै, आमाहरु बृद्धाश्रममा बस्नु परेको तीतो यथार्थलाई पनि गीतमा उठान गरिएको छ । यो गीतले फिल्मको कथावस्तुको भाव बोकेको छ ।
भिडियोमा अतिथि कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मालाई देख्न सकिन्छ । साथमा, फिल्मका मुख्य कलाकार आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल, चैत्यदेवीलाई पनि यो गीतमा फिचर्ड गरिएको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ । विष्णु घिमिरे ‘कल्पित’ को छायांकन रहेको फिल्ममा मित्र गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य, रोशन श्रेष्ठको एक्सन छ ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुसाल, रेन प्रधान, विनोद पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाको अभिनय छ ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाल र शिशिर चालिसेको लेखन, विवेक बस्नेत र ईश्वर सिंखेमानको छायांकन छ । फिल्ममा ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट छ ।
३ वर्ष अगाडि रिलिजमा आएको फिल्म ‘झिंगे दाउ’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । यसको सिक्वेलको रुपमा तयार भएको ‘झिंगे दाउ २’ले पनि असोज २ गतेबाट दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्दैछ ।
प्रतिक्रिया 4