+
+
Shares

२३औं राष्ट्रिय धान दिवसमा अनलाइनखबरकर्मी काफ्ले सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २३औं राष्ट्रिय धान दिवसका अवसरमा अनलाइनखबरकर्मी ऋतु काफ्ले सम्मानित भएकी छिन् ।
  • कृषि क्षेत्रको प्रर्वद्धन र समस्या उजागर गरेबापत सरकारले उनलाई सम्मान गरेको हो ।
  • प्रतिनिधिसभा कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोककुमार चौधरी र सचिव डा. राजेन्द्रप्रसाद मिश्रले उनलाई कदरपत्र हस्तान्तरण गरे ।

१५ असार, काठमाडौं । २३औं राष्ट्रिय धान दिवसका अवसरमा अनलाइनखबरकर्मी ऋतु काफ्ले सम्मानित भएकी छिन् ।

ललितपुर खुमलटारस्थित २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा कृषि पत्रकारितामार्फत कृषि क्षेत्रको प्रर्वद्धन र कृषि क्षेत्रमा देखिएको समस्यालाई सञ्चारमाध्यममार्फत उजागर गरेर योगदान पुर्‍याएको भन्दै काफ्लेलाई सरकारले सम्मान गरेको हो ।

कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले काफ्लेलाई सम्मान गरेकाे हाे ।

प्रतिनिधिसभा, कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोककुमार चौधरी र मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले काफ्लेलाई कदरपत्र हस्तान्तरण गरे ।

अनलाइनखबरकर्मी काफ्लेले कृषि, उद्योग, उपभोक्ता लगायत विषयमा कलम चलाउँदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?