+
+
Shares

कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ

पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १६:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट ३९ वर्षीय डम्बरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले तामाङलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरिएको बताए।
  • उनले आठ लाख रुपैयाँ र जग्गा नदिए खुकुरीसहित सिंहदरबार पसी हत्या गर्नेसम्मको धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए।

१५ असार, काठमाडौं । कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले ८ लाख र काठमाडौंमा जग्गा नदिए खुकुरी लिएर सिंहदरबार छिर्ने, हत्यासम्म गर्ने प्रकृतिको अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?