+
+
Shares

पालुङटार र टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते ७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको पालुङटार र काठमाडौंको टोखा नगरपालिकाबीच दिगो विकास र सहकार्यका लागि भगिनी सम्बन्ध स्थापना भएको छ ।
  • दुवै नगरपालिकाका मेयरले सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटनलगायत क्षेत्रमा आपसी सहयोग गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
  • पालुङटारमा दुवै नगरपालिकाको सहलगानीमा टोखा–पालुङटार खुला व्यायामशालासहितको मैत्रीपूर्ण पार्क निर्माण गर्ने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए ।

१५ असार, गोरखा । गोरखाको पालुङटार नगरपालिका र काठमाडौंको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दिगो बिकासका विविध क्षेत्रमा अनुभव आदान प्रदान गर्दै आपसी सहकार्य गर्ने उदेश्यले सम्बन्ध स्थापना गरिएको बताइएको छ ।

सोमवार एक कार्यक्रमकाबीच दुवै नगरपालिकाका मेयरले भगिनी सम्बन्ध स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सुशासन, सेवा प्रवाह, भौतिक पूर्वाधार बिकास, विपद व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, आर्थिक बिकास लगायतका क्षेत्रमा आपसी सहकार्य गर्दै प्राविधिक सहयोगलाई संस्थागत रुपमा अघि बढाउने सहमति भएको पानपाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए ।

‘जनप्रतिनिधि तथा कर्मचारीहरुको अध्ययन भ्रमण, सफल अभ्यास आदान प्रदान तथा निजी क्षेत्रबीचको सहकार्य बिस्तार गर्ने बिषयमा समेत समझदारी भएको छ,’ उनले भने ।

पानपा वडा नम्वर ५ चारकुने बगैचामा दुवै नगरपालिकाको सहलगानीमा टोखा–पालुङटार खुला व्यायामशालासहितको मैत्रीपूर्ण पार्क समेत निर्माण हुने भएको छ । पार्क निर्माणका लागि लागत सहभागीता गर्ने उनीहरुले सहमति गरेका छन् ।

कार्यक्रममा बोल्दै पानपाका मेयर विवश चिन्तनले पालुङटार नगरको रैथाने कृषि उत्पादनलाई टोखामा बजारीकरण गर्ने बताए । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने धारणा राखे ।

भगिनी सम्बन्ध स्थापनाले जनस्तरको आपसी सम्बन्ध बिस्तारमा समेत महत्वपूर्ण योगदान पुग्ने र साझा बिकास तथा समृद्धिको यात्रामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?