+
+
Shares
फिफा विश्वकप २०२६ :

इन्जुरी टाइममा मोरक्कोले फर्कायो बराबरी गोल

इसा डिओपले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते ८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको विश्वकप खेलमा मोरक्कोले इन्जुरी समयमा गोल गर्दै नेदरल्यान्ड्ससँग १-१ को बराबरी खेलेको छ ।
  • खेलको ७२औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।
  • इन्जुरी समयको पहिलो मिनेटमा इसा डिओपले गोल गर्दै मोरक्कोलाई बराबरीमा फर्काएका हुन् ।

१६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा मोरक्कोले इन्जुरी टाइममा नेदरल्यान्ड्स विरुद्ध बराबरी गोल फर्काएको छ ।

मेक्सिकोको मोन्टेरे स्टेडियममा भइरहेको खेलमा इसा डिओपले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याएका हुन् । उनले चेम्सडाइन ताल्बीको पासमा गोल गरेका हुन् ।

नेदरल्यान्ड्स जितनजिक पुगेको बेला मोरक्कोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको छ ।

त्यसअघि कोडी गाक्पोको ७२औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । उनको क्राईसेन्सियो समरभिलको पासमा गोल गरेका हुन् ।

पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?