+
+
Shares

राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा बेलायत र अस्ट्रेलियाका तीन अन्तर्राष्ट्रिय विशेषज्ञलाई मनोनयन गरेको छ।
  • कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले लर्ड क्यामोस विलियम स्टोनर, डा. एरिक डाइनरस्टाइन र प्राध्यापक विन्डी राइटलाई नियुक्त गरेकी हुन्।
  • यो मनोनयनबाट नेपालको संरक्षण अभ्यासलाई अन्तर्राष्ट्रिय स्तर र आधुनिक प्रविधिसँग जोड्न मद्दत पुग्ने विश्वास गरिएको छ।

१६ असार, काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा तीन जना अन्तर्राष्ट्रिय विशेषज्ञहरूलाई मनोनयन गरेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री एवम् कोषकी अध्यक्ष गिता चौधरीले ऐनमा भएको प्रावधान अनुसार उनीहरूलाई नियुक्त गरेकी हुन् ।

मनोनित हुने सदस्यहरूमा बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, वन्यजन्तु विज्ञ डा. एरिक डाइनरस्टाइन र अस्ट्रेलियाकी प्राध्यापक विन्डी राइट रहेका छन् । लर्ड क्यामोस ‘यूके नेपाल ट्रस्ट’ का अध्यक्ष हुन् र उनले लामो समयदेखि नेपालको जैविक विविधता संरक्षणमा योगदान पुर्‍याउँदै आएका छन् ।

डा. डाइनरस्टाइनले सन् १९७० र ८० को दशकमा चितवनमा गैंडा तथा बाघको अनुसन्धान गर्नुका साथै ‘तराई आर्क ल्यान्डस्केप’ को अवधारणा बनाउन मुख्य भूमिका खेलेका थिए ।

त्यस्तै, अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीकी डिन प्राडा विन्डी राइट विगत एक दशकदेखि नेपालमा सालक संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सक्रिय छिन् । यो मनोनयनबाट नेपालको संरक्षण अभ्यासलाई अन्तर्राष्ट्रिय स्तर र आधुनिक प्रविधिसँग जोड्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

मन्त्री चौधरीले कोषको संस्थागत साख अभिवृद्धि गर्न स्थापित व्यक्तित्वहरूलाई ल्याइएको बताउँदै छिट्टै कर्मचारी प्रशासन विनियमावली समेत संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । यस उच्चस्तरीय समितिले वैज्ञानिक वन्यजन्तु व्यवस्थापन र जलवायु परिवर्तनका चुनौतीहरूसँग लड्न महत्त्वपूर्ण नीतिगत सुधार गर्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?