+
+
Shares

हुलाक सेवालाई निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना छ : सञ्चारमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई निजी क्षेत्रसँगको सहकार्यमा सार्वजनिक–निजी साझेदारी मोडलमा अघि बढाउने योजना रहेको बताए ।
  • मन्त्री तिमिल्सिनाले हुलाक सेवाको प्रभावकारिता बढाउन नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको औँल्याए ।
  • उनले कर्मचारीहरूलाई हुलाक सेवालाई गर्व गर्न लायक बनाउन निर्देशन दिँदै नीतिगत सुधारको कार्य सुरु भइसकेको दाबी गरे ।

१६ असार, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउने योजना बनाएको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सञ्चारमन्त्री तिमिल्सिनाले सरकारी क्षेत्रले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्दा नै जनतालाई प्रभावकारी सेवा दिन सकिन्छ भन्नेकुरामा सरकार जानकार रहेको सुनाए ।

उनले हुलाक सेवालाई पनि सरकारले सार्वजनिक–निजी साझेदारीमा अघि बढाउन चाहेको बताए ।

सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले हुलाक सेवाको कामलाई प्राथमिकताका साथ अघि बढाएको र त्यसमा निकै राम्रो प्रगति भएको जिकिर पनि गरे ।

उनले हुलाकसँग सम्बन्धित नीतिगत र संरचनामा नै पुनर्संरचना गर्नुपर्ने अवस्था रहेको बताए ।

तिमिल्सिनाले भने,‘यो हुलाकसँग सम्बन्धित पोलिसीहरूको रिफर्म जरुरी छ । हुलाकको स्ट्रक्चरको नै रिफर्म जरुरी छ । यसको एक्जस्टिङ बडीहरूको इफिसेन्सी बढाउनुपर्नेछ । धेरै कामहरू छन् । पहिला हामीले केही सुरुवात गरेका छौँ । गर्नुपर्ने के हो भन्नेकुरा पनि आइडेन्टीफाई भएका छन्।’

त्यस अवसरमा सञ्चारमन्त्री तिमिल्सिनाले हुलाक सेवालाई गर्व गर्न लायक हुनेगरी काम गर्न पनि सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?