+
+
Shares

एआईबाट गीत तोडमोड गरिएपछि सुगमले दिए हटाउन चेतावनी, बालेनलाई ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १४:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पपगायक सुगम पोखरेलले आफ्ना मौलिक गीतहरू एआईमार्फत तोडमोड गरी डिजिटल प्लाटफर्ममा सार्वजनिक गर्नेविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
  • पोखरेलले सामाजिक सञ्जालमार्फत अनुमतिबिना गीत प्रयोग गरी पैसा कमाउने कार्य गैरकानुनी रहेको उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
  • उहाँले प्रधानमन्त्री बालेन, सञ्चारमन्त्री र सल्लाहकारलाई मेन्सन गर्दै कानुनी दायरामा ल्याउने चेतावनी दिएकाले यस विषयमा थप चासो बढेको छ ।

काठमाडौै । पपगायक सुगम पोखरेलले आफ्ना मौलिक गीतलाई एआईबाट तोडमोड गरेर डिजिटल प्लाटफर्ममा हाल्नेविरुद्ध कानुनी कार्वाहीको चेतावनी दिएका छन् । उनले संगीतकर्मी समेत रहेका प्रधानमन्त्री बालेनको ध्यानाकर्षण पनि गराएका छन् ।

सामाजिक सञ्जालमार्फत सुगमले आफ्ना गीतलाई त्यसरी सोसल मिडियामा पोस्ट गर्नेको एकाउन्टको स्क्रिन सट पनि सेयर गरेका छन् । उनले यस्तो कार्य गैरकानुनी रहेको बताउँदै कानुनी दायरामा ल्याउने चेतावनी दिएका हुन् ।

सुगम लेख्छन्- ‘यो र यस्ता किसिमका एआईबाट तयार पारेर, म लगायत अरु कलाकारका सृजना अनुमति बिना युट्युब र डिजिटल प्लाटफर्ममा राखेर पैसा समेत कमाईरहनु भएका सबैलाई हटाउनका लागि अनुरोध गर्दछौं । देश विदेश जता बसेर गरेपनि, थाहा पाएर या थाहा नपाएर गरेपनि, यो सरासर गैरकानुनी कार्य हो । हाम्रो यो अनुरोधलाई बेवास्ता गर्नुभएमा प्रचलित कानुनअनुसार, नेपाल या संसारको जुनसुकै कुनामा भएपनि हामी तपाईंलाई कानुनी दायरामा ल्याउन बाध्य हुनेछौं । सबैलाई चेतना भया ।’

सुगमको उक्त पोस्टअनुसार, उनका हिट गीतहरू फेरि त्यो दिन, जाँदैछु टाढा, कति दिन बिते, मायाको बाटो, सम्हालिन्छ कहिलेलाई एआईबाट तोडमोड गरेर युट्युबमा हालिएको छ ।

सुगमले उक्त पोस्ट प्रधानमन्त्री बालेन, सूचना तथा संचारमन्त्री विक्रम तिमल्सिना, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह लगायतलाई मेन्सन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?