News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नेपाल र बेलायत आउजाउ गरेको १२ वर्षको प्रमाणित अभिलेख पेश गर्न अध्यागमन विभागलाई आदेश दिएको छ ।
- न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले सन् २०१५ देखि २०२४ सम्मको बसाइको सम्पूर्ण विवरण पेश गर्न आदेश दिएको छ ।
- अदालतले कँडेलको नियुक्तिसम्बन्धी २२ चैत २०८२ मा प्रधानमन्त्रीबाट भएको सिफारिसको निर्णय समेत झिकाउने निर्णय गरेको छ ।
१६ असार, काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेश गर्न अध्यागमन विभागका नाममा आदेश दिएको छ ।
महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामाथि परेको रिट निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतले कँडेलको नेपाल र बेलायत बसाइको सम्पूर्ण विवरण पेश गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतले सन् २०१५ देखि २०२४ सम्मको सम्पूर्ण विवरण झिकाउनू भनी आदेश गरेको हो ।
त्यसका साथै सर्वोच्च अदालतले कँडेललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गर्ने भनी २२ चैत, २०८२ मा प्रधानमन्त्रीबाट भएको निर्णय पनि झिकाएको छ ।
सर्वोच्च अदालतको न्यायाधीश सरहको योग्यता चाहिने महान्यायाधिवक्तामा कँडेलको योग्यता नपुग्ने दाबीसहित अधिवक्ता माधव कुमार बस्नेत, शिराज बराल र दीपकराज जोशीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै निवेदन दिएका थिए ।
न्यायाधीशहरूरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले निर्णय र आवतजावतको विवरण पेश गर्न आदेश दिएको हो ।
प्रतिक्रिया 4