+
+
Shares

वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन तयारी, सर्वसाधारणसँग सुझाव माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १९:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले वैदेशिक रोजगार ऐन, २०६४ मा तेस्रो पटक व्यापक संशोधन गर्ने तयारी गर्दै मस्यौदा सार्वजनिक गरेको छ।
  • मन्त्रालयले उक्त मस्यौदामाथि सात दिनभित्र राय सुझाव दिन सर्वसाधारण तथा सरोकारवालालाई अनुरोध गरेको छ।
  • प्रस्तावित विधेयकमा वैदेशिक रोजगारलाई मर्यादित बनाउन कामदारको सट्टामा श्रमिक शब्द प्रयोग गर्ने व्यवस्था गरिएको छ।

१६ असार, काठमाडौं । सरकारले वैदेशिक रोजगार ऐन, २०६४ मा व्यापक संशोधनको तयारी गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले ऐनमा तेस्रो पटक व्यापक संशोधन तयारी अघि बढाएको हो । ऐन संशोधन गर्नका लागि विधेयकको मस्यौदा तयार पारिएको छ ।

विधेयकको मस्यौदा तयार पारेर सर्वसाधारण तथा सरोकारवालासँग आफ्नो राय सुझाव माग गरिएको छ । सात दिनभित्रमा राय सुझाव दिन मन्त्रालयले अनुरोध गरेको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत १३ गते स्वीकृत शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नम्बर २ सँग सम्बन्धित कार्ययोजना बमोजिम वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन ऐन संशोधनको विधेयक तयार गरिएको मन्त्रालयले जनाएको छ ।

अवधारणापत्रमा प्रस्तावित व्यवस्थाले नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, न्यायसम्बन्धी अधिकार तथा रोजगारीसम्बन्धी अधिकारको कार्यान्वयनमा सहयोग पुग्ने उल्लेख गरिएको छ ।

मन्त्रालयले विधेयक कार्यान्वयनका लागि नेपाल सरकारलाई थप आर्थिक भार नपर्ने पनि जनाएको छ । यस्तै, प्रस्तावित व्यवस्थाले सुशासन प्रवद्र्धन, वैदेशिक रोजगार व्यवस्थापनमा सुधार तथा दिगो विकास लक्ष्य हासिल गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

वैदेशिक रोजगारबाट आर्जित सिप, पूँजी र प्रविधिको उपयोग गरी पुनःएकीकरणमा सहयोग पुग्ने तथा त्यसले दिगो आर्थिक विकास र जलवायु अनुकूल विकासमा समेत सकारात्मक योगदान गर्ने उल्लेख छ ।

मन्त्रालयले विधेयकको मस्यौदामाथि प्राप्त हुने सुझावको अध्ययनपछि आवश्यक परिमार्जन गरी विधेयकलाई अन्तिम रूप दिइने जनाएको छ । विधेयकको मस्यौदामा कामदारको सट्टामा श्रमिक शब्द प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?