+
+
Shares

बालबालिकालाई रास्वपाको सदस्यता : मानव अधिकार आयोगले सोध्यो स्पष्टीकरण

पार्टीको महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा बालबालिकालाई सदस्यता बाँडेको भन्ने विवरण उल्लेख भएको र त्यो काम प्रचलित कानुन र नेपालको अन्तराष्ट्रिय प्रतिबद्धताविपरीत हुने भन्दै आयोगले रास्वपाको जवाफ मागेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १५:१३

१७ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टीको सदस्यता बाँडेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सँग स्पष्टिकरण सोधेको छ ।

विभिन्न ठाँउबाट आयोगलाई त्यसबारेमा जानकारी आएको भन्दै आयोगले गत सोमबार जानकारी पेस गर्न रास्वपाको केन्द्रिय कार्यालयमा पत्राचार गरेको हो ।

आयोगले पत्रमा ‘बालबालिकाहरूलाई पार्टी सदस्यको रूपमा संगठित गरेको’ भन्ने समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रकाशित समाचारका बारेमा धारणा पेस गर्न भनेको हो ।

पार्टीको महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा बालबालिकालाई सदस्यता बाँडेको भन्ने विवरण उल्लेख भएको र त्यो काम प्रचलित कानुन र नेपालको अन्तराष्ट्रिय प्रतिबद्धताविपरीत हुने भन्दै आयोगले रास्वपाको जवाफ मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?