+
+
Shares

इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन, कुन रुटमा कति ?

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १७:२६

१७ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरेको छ । हवाई भाडामा जोडिने ‘फ्यूल सरचार्ज’ समायोजन गरी नयाँ मूल्य कायम गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र लेखी सो बारे जानकारी समेत गराएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेको थियो । घटेको भाडादर बुधबारबाटै लागु हुने समेत प्राधिकरणले जनाएको छ ।

नयाँ दर अनुसार हवाई भाडामा फ्यूल सरचार्ज अधिकतम २३ सय ३५ रुपैयाँसम्म घटेको छ । नेपालगन्ज-भद्रपुर रुटमा यसअघि १५ हजार ७२५ रहेको फ्यूल सरचार्ज अब १३ हजार ३९० रुपैयाँमा झरेको छ ।

काठमाडौं-धनगढी रुटमा यसअघि ११ हजार ८८५ रुपैयाँ रहेको फ्यूल सरचार्ज अब १० हजार १२० रुपैयाँमा झरेको छ । काठमाडौं–सुर्खेत रुटमा ९ हजार २९५ रुपैयाँ रहेको इन्धनको भाडा अब ७ हजार ९१५ रुपैयाँमा झरेको छ ।

काठमाडौं–माउन्टेन फ्लाइटमा रहेको ९ हजार २३५ फ्यूल सरचार्ज अब ७ हजार ८६० रुपैयाँमा झरेको प्राधिकरणले झरेको छ ।

फ्यूल सरचार्जमा अन्य शीर्षकहरु थप गरी कुल भाडा तय गरिन्छ । प्राधिकरणले तोकेको अधिकतम भाडादरभन्दा माथि वायुसेवा कम्पनीले भाडा लिन पाउँदैनन् ।

यस्तो छ नयाँ कायम गरिएको फ्यूल सरचार्ज :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?