+
+
Shares

खोटाङ तरुण दलमा असन्तुष्टि, अध्यक्षसहित ४० युवाले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते ६:३१

१७ असार, खोटाङ । नेपाल तरुण दल जिल्ला कार्य समिति खोटाङका अध्यक्ष सहित ४० युवाले पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

जिल्ला खेलकुद विकास समितिको अध्यक्ष सिफारिस तथा तरुण दल केन्द्रीय प्रतिनिधी छनोटमा मनोमानी गरिएको भन्दै जिल्ला अध्यक्ष काजीमान राई सहित ४० युवाले पदबाट राजीनामा दिएका हुन् ।

असार १७ गते कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै तरुण दलका जिल्ला अध्यक्ष राईले उपाध्यक्ष सनम राई (जोजो), सचिव कविन राई, कोषाध्यक्ष भरत राईलगायतले पद छाडेको जानकारी दिए ।

पदीय जिम्मेवारीबाट राजीनामा दिनेमा तरुण दलका जिल्ला सदस्य अमित राई, सन्तोष राई, विकास श्रेष्ठ (प्रकाश), सुरेश गुरुङ (किमजोङ), विरेन गुरुङ, समिक्षा कार्की, सविन राई, प्रविण केसी, देवकुमारी मुग्राती, शुभकाजी राई, विप्लव उदास, पार्वती थापा, बुद्धिबोल राई, सुमन गुरुङ, अरुण श्रेष्ठ लगायत छन् ।

यस्तै, तरुण दल प्रदेश (ख)का अध्यक्ष सुरेश राई, उपाध्यक्ष दिनेश वान्तवा राई, प्रदेश (क)का सह–सचिव सन्तोष दाहाल, दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्ष दिवासन राई, सह-सचिव सञ्जिव श्रेष्ठ, केपिलासगढी गाउँपालिका अध्यक्ष अनुप राई (घाइतेबाघ), ऐसेलुखर्क गाउँपालिका अध्यक्ष चन्द्र राई, हलेसी तुवाचुङ नगर सचिव एगिन्द्र राई, रावाबेँसी गाउँपालिका अध्यक्ष विशाल राई, साकेला गाउँपालिका अध्यक्ष अनिश गुरुङ, खोटेहाङ गाउँपालिका अध्यक्ष हिमाल राई, जन्तेढुंगा गाउँपालिका अध्यक्ष नेपालतारा राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष विकेन राई, सचिव किरण वालेम राई लगायतले पदबाट राजीनामा दिएका छन् ।

जिल्ला खेलकुद विकास समितिको अध्यक्ष सिफारिस तथा केन्द्रीय प्रतिनिधि चयन सम्वन्धी निर्णय नसच्चिएसम्मका लागि पदबाट राजीनामा दिइएको तरुण दलका जिल्ला अध्यक्ष राईले बताए । खेलकुद विकास समितिको अध्यक्षमा मिलन कसजु तथा केन्द्रीय प्रतिनिधिमा सञ्जयकुमार राई र पवन श्रेष्ठ सिफारिस भएपछि तरुण दलभित्र असन्तुष्टी चुलिएको हो । उनीहरुले सनम राई (जोजो)लाई जिल्ला खेलकुद विकास समितिको अध्यक्ष सिफारिस गर्नुपर्ने विज्ञाप्तीमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?