+
+
Shares

इरानसँगको वार्ता सकारात्मक भइरहेको अमेरिकी ट्रम्पको दाबी

नर्थ डकोटा प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रमलाई सीमित गर्ने दिशामा भइरहेका प्रयासहरू सही बाटोमा अघि बढिरहेको उल्लेख गरे।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १३:०३

१८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा भएको प्रगति ‘सकारात्मक’ रहेको बताएका छन्। हालै कतारमा भएका बैठकहरू समेत फलदायी रहेको दाबी उनले गरेका छन्।

नर्थ डकोटा प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रमलाई सीमित गर्ने दिशामा भइरहेका प्रयासहरू सही बाटोमा अघि बढिरहेको उल्लेख गरे।

एक प्रश्नको जवाफमा ट्रम्पले दुवै पक्षबीच निकै राम्रा बैठकहरू भएको बताए पनि भविष्यप्रति सचेत रहँदै ‘अगाडि के हुन्छ त्यो भने हेर्न बाँकी नै रहेको’ टिप्पणी गरे। उनले अमेरिकाले इरानमाथि कडा दबाब कायम राखेको भए तापनि वार्ताको प्रक्रियालाई निरन्तरता दिइएको स्पष्ट पारे।

अर्कातर्फ, इरानले भने आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी लगातार गर्दै आएको छ।

हाल इरान र अमेरिकाबीच कतारको राजधानी दोहामा अप्रत्यक्ष प्राविधिक वार्ता जारी छ, जसमा कतार र पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?