+
+
Shares

ब्रोकर र धितोपत्र बोर्ड अध्यक्ष भेटवार्ता : पूँजीबजार नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १३:१७

१८ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टसँग स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

एसोसिएसन अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भट्टकै कार्यकक्षमा शिष्टाचार भेट गरी सफल कार्यकालको शुभकामना दिएको छ । भेटका क्रममा अध्यक्ष भट्टले नेपालको पूँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

उनले नेपाल सरकारको बजेट तथा नीति–कार्यक्रमले तय गरेका उद्देश्य र प्राथमिकताअनुरूप पूँजी बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक सबै पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले पूँजी बजारको दिगो विकासका लागि नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता तथा अन्य सरोकारवालाबीच आपसी समन्वय र सहकार्यलाई थप सुदृढ बनाइने उल्लेख गर्दै, बजारको पारदर्शिता, सुशासन, लगानीकर्ताको हित संरक्षण तथा आधुनिक प्रविधिको प्रयोगमार्फत नेपालको पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने दिशामा बोर्ड सक्रियतापूर्वक अघि बढ्ने उल्लेख गरे ।

सो अवसरमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष ढकालले पूँजी बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि, बजार विस्तार तथा आवश्यक नीतिगत एवम् संरचनागत सुधारका लागि एसोसिएसनले सदैव रचनात्मक सुझाव, सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटवार्ताका क्रममा नेपाल सरकारको बजेटले पूँजी बजारको विकासका लागि तय गरेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा, प्रविधिमैत्री सेवा विस्तार तथा समग्र पुँजी बजारको संस्थागत सुदृढीकरणका विषयमा समेत छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?