+
+
Shares
कांग्रेस विवाद :

खड्का निवासमा भोलि इतर समूहको बैठक, राष्ट्रिय भेलाको मिति तोक्नेबारे छलफल

बैठकमा इतर पक्षको राष्ट्रिय भेलाको मितिबारे छलफल हुने स्रोतले बतायो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १७:४६

१८ असार, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार(भोलि)का लागि इतर समूहको बैठक बोलाएका छन् । दिउँसो २ बजे गल्फुटारस्थित खड्काको निवासमा बैठक बस्ने तयारी छ ।

बैठकमा इतर पक्षको राष्ट्रिय भेलाको मितिबारे छलफल हुने स्रोतले बतायो । यसअघि इतर पक्षले सात वटै प्रदेशमा प्रदेश स्तरीय भेला गरिसकेको छ । सोही क्रममा असार १६ गते लुम्बिनी प्रदेशको भेला गरिएको थियो ।

खड्का निवासको बैठकमा खड्काबाहेकका कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक लगायतका नेता सहभागी हुने बताइएको छ ।

बिहीबार मात्रै नेता निधिको निवासमा निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच छलफल भएको थियो । उक्त छलफलमा राष्ट्रिय भेलाबारे पनि छलफल भएको उनीहरू निकाट स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?