+
+
Shares

विमानस्थलमा बरामद सुनचाँदीका गहनाको मूल्य ८१ लाख

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १८:१४

१८ असार, काठमाडौं । कपडा भन्दै अमेरिका पठाउन लागिएको कार्गो बाकसबाट बरामद सुनचाँदीका गरगहनाको मूल्य करिब ८१ लाख बराबरको रहेको छ ।

बरामद सुनचाँदीका गहनाको मूल्य ८१ लाख ७२ हजार ३९३ रुपैयाँ बराबरको रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार वैदवारले बताए ।

जुत्ता, पाइन्ट साडीलगायतका कपडा भन्दै अमेरिका पठाउन लागिएको कार्गो बाक्साबाट सुनका गरगहना बरामद भएका थिए ।

यो प्रकरणमा प्रहरीले एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गो झापा, बौद्धका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल पक्राउ परेका छन् ।

१६ असारको साँझ साढे ५ बजेतिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा मेनफिस्ट न एएमएस एपी ३२१ मा जुत्ता, पाइन्ट, साडी लगायतका कपडाहरू भएको कार्गो बाकसबाट ठूलो मात्रामा सुनका गरहना बरामद भएका थिए ।

जाँच गर्दा ती सक्कली रहेको आजको बजार मूल्य अनुसार ८१ लाख बराबरको रहेको प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुसार यी सामानहरू भन्सार जाँचपास सेमत भएको थियो । भन्सार पास भएर आएपछि पनि एक्स–रे जाँचका क्रममा यी गरगहना फेला परेका हुन् ।

प्रहरी स्रोतका अनुसार यी सामान जसको हो भनिएको छ ती व्यक्ति भने अहिले अमेरिका गइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?