+
+
Shares

कांग्रेस सांसद गुरुङको आग्रह– विद्युत् व्यापारमा उचित कदम चालियोस्

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते १७:४१

१९ असार, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद दुर्गा गुरुङले विद्युत् व्यापारमा सरकारले उचित कदम चाल्न आवश्यक रहेको बताएकी छिन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।

सांसद गुरुङले उत्पादित विद्युत समेत प्रशारण लाइन र भण्डारणको उचित व्यवस्था नहुँदा उपयोग हुन नसकेकाले सरकारले यसको आवश्यक प्रबन्ध गरी उर्जा व्यापारको विषयमा आवश्यक कदम चाल्नुपर्ने बताइन् ।

‘आज पनि धेरै जलविद्युत आयोजनाहरु समयमा नै सम्पन्न हुन सकेका छैनन । कतै प्रशारण लाईन निर्माणमा ढिलाइ छ । कतै जग्गा अधिग्रहणको समस्या छ । कतै वातावरणीय प्रभाव मूल्यांकनको विषय अड्किएको छ,’ उनले भनिन्, ‘परिणाम स्वरुप उत्पादन भएको विद्युत समेत पूर्ण रुपमा उपयोग हुन सकेको छैन । यो केवल प्रशासनिक कमजोरी होइन । राष्ट्रिय स्रोतको उपयोगमा भएको गम्भीर कमजोरी पनि हो । ऊर्जा व्यापारमा सरकारले उचित कदम चाल्नुपर्दछ ।’

सांसद गुरुङले विद्युतको खपत क्षमता बढाउनका लागि पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?