+
+
Shares

‘पल्सआरएसपी’ प्रविधिबाट रास्वपाले आफ्ना सांसदका गतिविधिबारे जानकारी लिने

पार्टी सभापति रवि लामिछानेले प्रविधिको प्रयोगमार्फत सांसदहरूबीचको समन्वयलाई प्रभावकारी बनाउने, संसदीय जिम्मेवारीलाई थप व्यवस्थित गर्ने र संसद्को कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्यले प्रणाली सञ्चालनमा ल्याइएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते १९:२१

१९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको गतिविधि डिजिटल माध्यमबाट व्यवस्थापन र अनुगमन गर्ने उद्देश्यले ‘पल्सआरएसपी’ नामक डिजिटल प्रणाली सञ्चालनमा ल्याएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त प्रविधिबारे सांसदहरूलाई अभिमुखकीरण दिइएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले प्रविधिको प्रयोगमार्फत सांसदहरूबीचको समन्वयलाई प्रभावकारी बनाउने, संसदीय जिम्मेवारीलाई थप व्यवस्थित गर्ने र संसद्को कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्यले प्रणाली सञ्चालनमा ल्याइएको बताए ।

उनले बैठकमा सोही विषयमा अभिमुखीकरण गरिएको बताए ।

उनले पार्टीका सांसदहरूलाई प्रविधिमैत्री बनाउँदै समन्वयलाई चुस्त बनाउँदा कार्यसम्पादनको प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरे ।

सांसदहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै पदको गरिमा कायम राख्न र त्यसबाट नागरिकले प्रत्यक्ष लाभ पाउने वातावरण सिर्जना अभिमुखीकरणको कार्यक्रमलाई निरन्तरता दिइने सभापति लामिछानेको भनाइ छ ।

उनले भने, ‘पार्टीका साथीहरुलाई प्रविधिसँग नजिक राख्ने र समन्वयलाई चुस्त बनाउँदा प्रभावकारिता बढ्छ । समन्वयको प्रभावकारिता बढाउने र सांसदको रूपमा हाम्रा सांसदहरू प्रभावकारी बनुन्, पदको गरिमा कायम राखुन्, संसद् समेत प्रभावकारी होस् र नागरिकसम्म त्यसको लाभ पुगोस् भन्ने उद्देश्शयले अभिमुखीकरण गरेका हौँ । यो निरन्तर चलिरहन्छ ।’

उक्त प्रणाली लागु भएसँगै सांसदहरूले आफ्ना गतिविधिहरू अनिवार्य रूपमा सिस्टममा अपडेट गराउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?