+
फिफा विश्वकप २०२६ :

केप भर्डेेले आफू एक उत्कृष्ट टोली भएको प्रमाणित गर्‍योः अर्जेन्टिनी प्रशिक्षक

२०८३ असार  २० गते ७:४४ २०८३ असार २० गते ७:४४

फिफा विश्वकप २०२६ को शनिबार बिहान भएको खेलपछि प्रशिक्षक स्कालोनीले केप भर्डे एक उत्कृष्ट टोली रहेको बताएका हुन् ।

२० असार, काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले केप भर्डेले आफु एक उत्कृष्ट टोली भएको प्रमाणित गरेको बताएका छन् ।

फिफा विश्वकप २०२६ को शनिबार बिहान भएको खेलपछि प्रशिक्षक स्कालोनीले केप भर्डे एक उत्कृष्ट टोली रहेको बताएका हुन् । उक्त खेलमा अर्जेन्टिनाले केप भर्डेलाई ३–२ को संघर्षपूर्ण जित निकालेको थियो ।

‘निक्कै कठिन खेल, तर तपाईंले सधैँ सकारात्मक पक्षहरूमा ध्यान दिनुपर्छ । यो टोलीले कहिल्यै हार मान्दैन । र मैले हाम्रा विपक्षीहरूलाई पनि श्रेय दिनैपर्छ,’ प्रशिक्षक स्कालोनीले भने, ‘कुनै पनि विपक्षी टोली कमजोर हुँदैन । आज केप भर्डेेले आफू एक उत्कृष्ट टोली भएको प्रमाणित गर्‍यो ।’

उनले थपे, ‘म सबै खेलाडीहरूको योगदानलाई कदर गर्छु । वास्तविकता के हो भने सबैजना एकदमै थाकेका थिए, किनकि उनीहरूले आफ्नो सम्पूर्ण शक्ति लगाएका थिए । यो अर्जेन्टिना हो । यदि तपाईंले यसलाई बुझ्नुभएको छैन भने । यो गाह्रो छ । हामी अर्जेन्टिनीहरूले यसलाई बुझ्नेछौँ, किनकि हाम्रा लागि केही पनि सजिलै प्राप्त हुँदैन ।’

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय