+
फिफा विश्वकप २०२६ :

अर्जेन्टिनासँगको खेलपछि केप भर्डेका प्रशिक्षक भन्छन्ः हामीले आफ्नो पहिचान देखायौँ

२०८३ असार  २० गते ७:३० २०८३ असार २० गते ७:३०

फिफा विश्वकप २०२६ मा साविक विजेता अर्जेन्टिनाविरुद्ध प्रदर्शन गरेपछि बुबिस्टाले खेलाडीहरुबाट विश्वकपमा गौरव र मर्यादित प्रदर्शन गरेको बताएका हुन् ।

२० असार, काठमाडौं । केप भर्डेका प्रशिक्षक बुबिस्टाले विश्वकपमा आफुहरुले पहिचान देखाएको बताएका छन् ।

फिफा विश्वकप २०२६ मा साविक विजेता अर्जेन्टिनाविरुद्ध प्रदर्शन गरेपछि बुबिस्टाले खेलाडीहरुबाट विश्वकपमा गौरव र मर्यादित प्रदर्शन गरेको बताएका हुन् ।

‘हाम्रा खेलाडीहरू जसले विश्वकपमा गौरव र मर्यादित प्रदर्शन गरे । हामीले आफ्नो पहिचान देखायौँ,’ उनले भने ।

पहिलोपटक विश्वकप खेलेको केप भर्डेले दुईपटकको विश्वविजेता उरुग्वे, सन् २०१० को विश्वविजेता स्पेन र साउदी अरेबियालाई बराबरीमा रोकेको थियो । नकआउट चरणमा साविक विजेता अर्जेन्टिनासँग ३–२ ले पराजित हुन पुग्यो ।

देश के हो भन्ने कुरालाई गौरवान्वित तुल्याएको प्रशिक्षक बुबिस्टाले बताए । ‘हाम्रो देश के हो भन्ने कुरालाई हामीले गौरवान्वित तुल्याएका छौँ । विश्व विजेतासँग दुई पटक बराबरी खेल्यौँ, साविक विजेतासँगको खेललाई अतिरिक्त समयसम्म पुर्‍यायौँ ।’

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय