+
+
Shares

कान्ति लोकपथमा रातिको समयमा सवारी चलाउन रोक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते १८:३०

२१ असार, काठमाडौं । स्थानीय प्रशासनले कान्ति लोकपथमा रातिको समयमा सवारी चलाउन रोक लगाएको छ ।

आज रातिबाट लागु हुने गरी अर्को सूचना नभएसम्म कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली जाने सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधनलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जानकारी गराएको छ ।

मनसुन सक्रिय भएको समयमा कुनै पनि बेला विपद्को अवस्था आउन सक्ने भन्दै प्रशासनले यस्तो रोक लगाएको हो । कान्ति लोकमार्गको अधिकांश सडक जोखिमयुक्त भौगोलिक तथा भूगर्भिय अवस्थायुक्त रहेको छ ।

सोहीकारण वर्षायाममा पहिरो जाने, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना रहेको समेत प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?