+
+
Shares

बीपी राजमार्गमा ‘होल्ड’ गरिएका यात्रु बोकेका सवारीलाई प्रहरी स्कर्टिङमा भकुण्डे ल्याइँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते २०:५९

२१ असार, काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा पानीको सतह बढेपछि आवागमन बन्द भएको बीपी राजमार्गको मंगलटार खण्डमा फसेका सवारी साधानलाई प्रहरी स्कर्टिङमा गन्तव्यतर्फ ल्याइँदैछ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीका अनुसार, आइतबार अपराह्न ३ बजेदेखि दाप्चा क्षेत्रमा परेको वर्षापछि रोशी र दाप्चाखोलामा आएको बाढीका कारण राजमार्ग अवरुद्ध भएपछि सवारी साधनलनई मंगलटारमा होल्ड गरिएको थियो ।

उनका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै अन्य सवारीलाई रातिको समय सवारी आवागमन बन्द गरिएको भएपनि यात्रुहरुको विचल्लि हुने भएकोले त्यस क्षेत्रमा रोकिएका ५०/५२ सवारीमात्र भकुण्डे ल्याउन लागिएको हो ।

‘रातिको समय रोशी क्षेत्रमा यात्रुहरू जोखिममा पर्ने भएकाले सिन्धुलीतर्फ नेपालथोक र काभ्रेपलाञ्चोक तर्फ धुलिखेल, काभ्रेभञ्ज्याङ र भकुण्डेमा सावरी होल्ड गरिएको हो,’ उनले भने ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार रोशी क्षेत्रमा पानीको बहाव कम भइसकेको जानकारी दिए । सुरक्षाको कारण सवारी रोकिएको भएपनि अहिले बीपी राजमार्गको रोशी खण्डमा सवारी सञ्चालनमा अवरुद्ध नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?