+
फिफा विश्वकप २०२६ :

ब्राजिल पेनाल्टीमा चुक्दा पहिलो हाफ गोलरहित बराबर

२०८३ असार  २२ गते २:४१ २०८३ असार २२ गते २:४१

ब्राजिलका ब्रुनो गुमाइरेजले पहिलो हाफको सुरुमै पाएको पेनाल्टी मिस गरेका थिए । 

२२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा ब्राजिल र नर्वेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भइरहेको खेलमा ब्राजिलले पहिलो हाफमा पेनाल्टी गुमाउँदा गोलरहित बराबरीमा सकिएको हो ।

ब्राजिलका ब्रुनो गुमाइरेजले पहिलो हाफको सुरुमै पाएको पेनाल्टी मिस गरेका थिए ।

खेलको १४औं मिनेटमा ब्रुनोको पेनाल्टी प्रहार नर्वेका गोलकिपर ओर्यान नाएल्यन्डले बचाए ।

न्वेका क्रिस्टोफर अयरले विपक्षी खेलाडीमाथि पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले भिएआरको सहयोगमा ब्राजिललाई पेनाल्टी दिएका थिए ।

तर ब्रुनो गुमाइरेजको प्रहारलाई नाएल्यान्डले बचाए ।

पछिल्लो ४० वर्षमा विश्वकपमा पेनाल्टीमा गोल गर्न असफल हुने ब्रुनो ब्राजिलको पहिलो खेलाडी समेत बने । यसअघि सन् १९८६ मा ब्राजिलका जिकोले फ्रान्स विरुद्ध पेनाल्टी मिस गरेका थिए ।

पहिलो हाफमा नर्वेले नै धेरै बल पोसेसन राखेको थियो । नर्वेले करिब ६५ प्रतिशत बल पोसेल राख्दा ८ सट प्रहार गरेको थियो भने २ सट टार्गेटमा थियो । ब्राजिलले ४ सट प्रहार गर्दा २ सट ने टार्गेटमा थियो ।

नर्वेल ब्राजिलसँग अहिलेसम्म खेलेको चार खेलमा अपराजित छ भने सन् १९९८ मा भएको विश्वकपको एक मात्र भेटमा नर्वेले ब्राजिललाई २-१ ले पराजित गरेको थियो ।

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय