+
+
Shares

कर्णाली दुर्घटना : उद्धारमा ढिलाइ भएको भन्दै सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

सांसदहरुले कर्णालीमा भएको सवारी दुर्घटनापछि उद्धारमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १३:३६

२२ असार, काठमाडौं । सांसदहरुले कर्णालीमा भएको सवारी दुर्घटनापछि उद्धारमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनीहरुले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि समयमा नै उद्दार हुन नसकेको भन्दै उद्धारमा भएको ढिलाइबारे सरकारलाई रुलिङ गर्न माग समेत गरेका छन् ।

बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी दुर्घटनापछि समयमा नै उद्दार हुन नसकेको बताइन् ।

उनले घटना घटेको लामो समय बितिसक्दा पनि राज्यका तर्फबाट घटनाको यकिन तथ्य र विवरण आउन नसक्नु अत्यन्तै खेदजनक रहेको उनले बताइन् । थापाले कर्णाली राजमार्गको स्तरवृद्धिका लागि सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले मन्त्रीहरू हेलिकप्टरमा सयर गर्ने तर कर्णालीका नागरिक नदीमा डुब्दा र विपद्मा पर्दा राज्य अनुपस्थित रहने गरेको बताए ।

कर्णाली नदीमा खसेको गाडी र बेपत्ता यात्रुको खोजी तथा उद्धारमा ढिलाइ भएको भन्दै उहाले घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा उद्धारमा भएको ढिलाइबारे रुलिङको माग गरे ।

शाहीले कर्णालीका जनतामाथि विभेदपूर्ण व्यवहार हुँदै आएको भन्दै दुर्गम क्षेत्रका नागरिकप्रति समेत सरकार गम्भीर नदेखिएको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?