+
+
Shares

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोप लागेका पोखरेल पुर्पक्षका लागि थुनामा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते ११:५२

२३ असार, पाँचथर । युटुबमा प्रधानमन्त्री बालेन (वालेन्द्र) शाहालगायतका नेताहरुलाई अपमानजनक र गाली गलौजयुक्त सामाग्री प्रसारण गरेको आरोप लागेका पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ डोबाटेका रोशन पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत पाँचथरले यस्तो आदेश दिएको हो ।

पोखरेल विरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो । उक्त मुद्दामा पोखरेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाले बताए ।

प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो । युटुबमा गाली गरेको आरोपमा पक्राउ परेको सार्वजनिक भएपछि देशभर व्यापक विरोध भएको थियो । चर्को विरोध पछि प्रहरीले चैत २९ गते परिवारलाई जिम्मा लगाएको थियो ।

तर, जिल्ला अदालतमा मुद्धा दायर भएपछि न्यायाधीश कुमार मास्केको इजलासले पुर्पक्षका लागि कारगार पठाउने आदेश गरेको छ । आफ्न्तको जिम्मा लगाए पनि प्रहरी प्रतिवदेनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको थियो ।

प्रधानमन्त्री शाहा तथा निजको परिवारलाई लक्षित गरी मान, सम्मान तथा प्रतिष्ठा समेतमा आँच आउने गरी अपमानजनक तथा अमर्यादित खालका शब्दहरु भिडियो तथा स्टेटस प्रेसित गरेको अभियोग पत्रमा उल्लेख छ । युट्युब , फेसबुक, इस्ट्राग्राम तथा टिकटकबाट अपमानजनक समाग्री प्रेसित गरेको आरोप उनीमाथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?