+
+
Shares

माइक्रोसफ्टले ४ हजार ८ सय कर्मचारी कटौती गर्‍यो, एक्सबक्स डिभिजनमा ठूलो असर

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १२:४७

आईटी कम्पनी माइक्रोसफ्टले ४ हजार ८ सय कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो संख्या कम्पनीको कुल कर्मचारीको करिब २.१ प्रतिशत हो। यस कटौतीको सबैभन्दा ठूलो मार कम्पनीको गेमिङ विभाग ‘एक्सबक्स डिभिजन’ मा पर्ने देखिएको छ।

माइक्रोसफ्टकी एग्जिक्युटिव वाइस प्रेसिडेन्ट एमी कोलम्यानले कर्मचारीहरूलाई पठाएको एक सन्देशमा तीव्र गतिमा परिवर्तन भइरहेको आईटी उद्योगमा कम्पनीले अब त्यस्ता क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरेकी छन् । जसले ग्राहकहरूलाई बढीभन्दा बढी फाइदा पुर्‍याउन सकोस्।

यस संगठनात्मक पुनर्संरचना (री-स्ट्रक्चरिङ) अन्तर्गत एक्सबक्स डिभिजनबाट तत्काल १ हजार ६०० भन्दा बढी रोजगारी कटौती हुनेछन्। हालै एक्सबक्सको सीईओ बनेकी आशा शर्माले कर्मचारीहरूलाई सन्देश पठाउँदै कम्पनीले ‘एक्सबक्सको इतिहासकै सबैभन्दा ठूलो पुनर्संरचनाको सुरुवात गरिरहेको’ बताएकी छन्। उनका अनुसार आउँदो एक वर्षभित्र थप एक हजार ६ सय रोजगारीहरू कटौती गरिनेछ।

यसबाहेक, एक्सबक्सका चारवटा गेम डेभलपमेन्ट स्टुडियोहरू कम्प्लसन गेम्स, डबल फाइन प्रोडक्सन, निन्जा थ्योरी र अनडेड ल्याब्सलाई पनि कम्पनीको पुनर्संरचना प्रक्रिया अन्तर्गत अलग गरिने भएको छ।

सीईओ आशा शर्माले भनिन्, ‘यी परिवर्तनहरू एक्सबक्सलाई सानो बनाउनका लागि होइनन्, बल्कि यसको अझ बृहत् भविष्यका लागि गरिएका हुन्।’

उनले अगाडि भनिन्, ‘लामो समयसम्म बजारमा टिकिरहनु नै आफ्नो भविष्यको ग्यारेन्टी हो भन्ने भ्रममा परेर कयौँ कम्पनीहरू असफल भएका उदाहरणले इतिहास भरिएको छ । हामी त्यस्तो गल्ती दोहोर्‍याउने छैनौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?