२३ असार, काठमाडौं । सरकारले अदुवा, छुर्पी र गलैंचा निर्यात गर्न विशेष रणनीति बनाउँदैछ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले यसबारे जानकारी दिएकी हुन् ।
उनका अनुसार नेपाल व्यापार एकीकृत रुणनीति २०८० अनुसार निर्यातको सम्भावना भएका वस्तुहरूको सम्बन्धमा सरकारले काम गरिरहेको छ । यसक्रममा उनले भनेकी छन्, ‘यसक्रममा अदुवा, छुर्पी र गलैंचा यी तीन वटा वस्तुको छुट्टाछुट्टै निर्यात रणनीतिको मस्यौदला तयार भइसकेको छ ।’
आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा राष्ट्रिय सभामा उठेका पश्नहरूको जवाफ दिने सन्दर्भमा मन्त्री गौरी कुमारीले यस्तो जानकारी दिएकी हुन् ।
यसबाहेक चिया तथा अलैंचीको भण्डारण गर्न वेयर हाउन निर्माण गर्न स्रोत सुनिश्चित गरिएको पनि उनले जानकारी दिइन् ।
प्रतिक्रिया 4