२३ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले समितिको पहिलो प्राथमिकता बेरुजु फर्स्यौट हुनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्ने क्रममा उनले एक–दुई हप्ताभित्रै बेरुजु फर्स्र्यौट गर्नेगरी स्पष्ट कार्यतालिका बनाउन आग्रह पनि गरे ।
समितिमा उजुरी प्राप्त भएका मात्रै नभई सार्वजनिक महत्वका अन्य विषयलाई पनि समितिले छलफलको विषयवकस्तु बनाउनुपर्ने उनको भनाइ थियो ।
‘अहिले तत्काल गर्नुपर्ने कुरा बेरुजु फर्स्यौट नै हो, यसलाई जति सकिन्छ, छिटो गर्नुपर्छ । एकदुई हप्ताभित्र वेरुजू फर्स्यौट गर्नेगरी कार्यतालिका निर्धारित गर्नुपर्छ । साथै समितिमा प्रयाप्त उजुरीहरू आएका छन् र उजुरी नआएका पनि केही क्षेत्रहरू छन्,’ उनले भने, ‘उजुरी आएपछि मात्रै छलफल गर्नुपर्छ, बाँकी चाँही गर्न हुँदैन भन्ने अदालती कामकाज जस्तो हुनुभएन । त्यस्तो भूमिकामा समिति रहनु हुँदैन । हामीले देखेको कुराहरूलाई पनि तरुन्तै छानविनको दायरामा ल्याउनुपर्छ ।’
समितिले आफैंले देखेका अनियमितता र शंकास्पद विषयलाई समेत तत्काल छानबिनको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया 4