+
+
Shares

कांग्रेसको नीति प्रतिष्ठानमा थप ८ सदस्य मनोनीत

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा थप ८ जना सदस्यहरू मनोनीत भएका छन् । उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले मंगलबार थप ८ जना सदस्यहरू मनोनीत गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १६:५६

२३ असार,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा थप ८ जना सदस्यहरू मनोनीत भएका छन् । उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले मंगलबार थप ८ जना सदस्यहरू मनोनीत गरेका हुन् ।

मनोनीत हुने सदस्यहरूमा केन्द्रीय सदस्य प्रकाश पन्थ, अल्पसंख्यक ह्योल्मो समुदायबारे अध्ययन गरेका डा. प्रेमध्वज लामा, नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वसंयोजक विज्ञान प्रसाईं, आदीवासी जनजाती प्रतिष्ठानका पूर्वकार्यकारी अध्यक्ष रेशम गुरुङ, कृषि अभियन्ता सीताराम काफ्ले, एलजीबीटीक्यूआईए समूदायबाट प्रतीक्षा चापागाईं, आमसञ्चार क्षेत्रबाट मोहन गजुरेल र अनुपा श्रेष्ठ छन् ।

पार्टीको नीति निर्माण, अनुसन्धानमूलक कार्य र प्रशिक्षणलाई थप सुदृढ, समावेशी र प्रभावकारी बनाउनका लागि पार्टीले विभिन्न क्षेत्रका विज्ञ तथा प्रतिनिधिहरूलाई समेटेर मनोनयन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?