+
+
Shares

बाँसबारी प्रशोधन केन्द्रको पानी ट्यांकीभित्र एक पुरुष मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १७:१३

२३ असार, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी बाँसबारी प्रशोधन केन्द्रको पानी ट्यांकीभित्र एक पुरुष मृत भेटिएका छन् ।

काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित रहेको उक्त केन्द्रको पानी ट्यांकीमा मंगलबार एक पुरुष व्यक्ति मृत भेटिएका हुन् ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छैन ।

उनी अन्दाजी ३५ वर्षको रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?