+
+
Shares

म्याद गुज्रेको खाद्यवस्तु बेच्ने तिनकुनेको मट्का बिरयानीलाई २ लाख जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १८:४६

२३ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता हित विपरित काम गर्ने ३ वटा पसल तथा फर्मलाई २ लाख २५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले मंगलबार काठमाडौं उपत्यकाका १३ वटा उद्योग तथा फर्मको अनुगमन गरेको थियो । सबैभन्दा बढी जरिबानामा पर्नेमा काठमाडौं महानगरपालिका–३२, तिनकुनेमा रहेको मट्का बिरयानी क्लाउड किचन रहेको छ । म्याद गुज्रिसकेको खाद्यवस्तु बिक्री गरेको पाइएपछि उक्त किचनलाई विभागले २ लाख रुपैयाँ जरिबाना तिराएको हो ।

त्यसैगरी, खरिद बिल/विजक नराखेको कसुरमा अन्य दुई पसल कारबाहीमा परेका छन् । काठमाडौं महानगरपालिका–७, गणेशस्थानस्थित इलाभेन इलाभेन ओयर्सलाई २० हजार रुपैयाँ र सोही वडाको चाबहिलस्थित फुयाल खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिबाना तिराइएको छ ।

अनुगमन टोलीले ललितपुर महानगरपालिका–२, सानेपामा रहेको तः नानी ट्रेडिङ कम्पनी प्रालिलाई भने व्यवसायसँग सम्बन्धित दर्ता प्रमाणपत्र, प्यान, खरिद/बिक्री बिल विजक र कर चुक्ता लगायतका कागजात लिएर ३ दिनभित्र विभागको बबरमहलस्थित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

अनुगमनका क्रममा बाँकी ९ वटा पसल तथा कम्पनीलाई विभागले सामान्य निर्देशन दिएर छाडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?