२३ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको फैसला गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार मुद्दाको फैसला गरेको हो ।
आरोपितहरूमध्ये केही दोषी ठहर भएका छन् भने केहीले सफाइ पाएको अदालत सम्बद्ध स्रोतले बतायो ।
यो प्रकरणमा पूर्वमन्त्रीहरू बालकृष्ण खाण, टोपबहादुर रायमाझी लगायतमाथि मुद्दा लागेको थियो ।
जिल्ला अदालतले दोषी ठहर भएका केही आरोपितको हकमा सजाय निर्धारणका लागि फेरि सुनुवाइ हुने भनेको छ ।
तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भएका कसुरदारलाई सजाय निर्धारणका लागि फेरि छुट्टै प्रतिवेदनसहित अदालतमा पेश गरेर सुनुवाइ गर्नुपर्छ ।
फैसलाको संक्षिप्त आदेश तयार हुने क्रममा रहेकाले अरु विवरण सार्वजनिक भइसकेको छैन ।
प्रतिक्रिया 4