+
+
Shares

मानव अधिकार आयोगले खोज्यो आर्थिक स्वायत्तता, विदेशी सहयोग लिन पाउनुपर्ने माग

‘७ लाख युरो सहयोग लिन एक वर्ष लाग्यो । अर्थको स्वीकृति लिनुपर्ने प्रावधान छ’, आयोग सदस्य मनोज दुवाडी ‘एनजीओ जस्तो व्यवहार आयोगलाई भएको छ । यसमा सुधार गर्ने गरि प्रचलित एन संसोधन गर्नुपर्ने छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १०:५३

२४ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अर्थ मन्त्रालयको पूर्वस्वीकृतीबिनै विदेशी सहयोग लिन पाउनुपर्ने माग राखेको छ ।

अर्थको पुर्व स्वीकृति लिनुपर्ने प्रावधान हटाएर आयोगले लिएको विदेशी सहयोगबारे अर्थ मन्त्रालयलाई जानकारी दिए पुग्ने प्रावधान राख्नुपर्ने उसको प्रस्ताव छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगसँग ‘मानव अधिकारको वर्तमान अवस्था र आयोगको भूमिका’बारे छलफल छ भएको छ।

सोही छलफलका क्रममा आयोग सदस्य मनोज दुवाडीले संविधानत मानव अधिकार आयोग स्वायत्त रहेको बताए । तर, व्यवहारमा आयोग आर्थिक रुपम स्वायत्त नरहेको बताए ।

‘७ लाख युरो सहयोग लिन एक वर्ष लाग्यो । अर्थको स्वीकृति लिनुपर्ने प्रावधान छ’, उनले भने, ‘एनजीओ जस्तो व्यवहार आयोगलाई भएको छ । यसमा सुधार गर्ने गरि प्रचलित एन संसोधन गर्नुपर्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?