+
+
Shares

बारा कांग्रेसको कार्यवाहक सभापतिमा मनोज भट्ट तोकिए

सभापति यादव अनुशासनको कारबाहीमा परेपछि कार्यवाहक सभापति भट्ट तोकिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १५:११

२४ असार, काठमाडौं । नेपाली कांग्रेस बाराको कार्यवाहक सभापतिमा मनोज भट्ट तोकिएका छन् । यसअघिका सभापति राजेशराय यादवलाई पार्टीले निलम्बन गरेको थियो ।

सभापति यादव अनुशासनको कारबाहीमा परेपछि कार्यवाहक सभापति भट्ट तोकिएका छन् । कार्यवाहक सभापतिको जिम्मेवारी पाएका भट्ट उपसभापति पदमा थिए ।

गत फागुनमा भएको प्रतिनिधि सभाको चुनावमा कांग्रेस उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको उजुरी परेपछि अनुशासन समितिले यादवलाई कारबाही गरेको थियो । उनी सहित बाराबाट १६ जना विरुद्ध उजुरी परेको थियो । यादवले पाँच दिनभित्र स्पष्टीकरण नबुझाएपछि दोस्रोपटक पनि सोधिएको थियो ।

यादवले अनुशासन समितिलाई जवाफ नपठाएपछि थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्नु परेको कारण देखाउँदै उनलाई निलम्बन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?