२४ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
शिक्षक गुन्जेश्वर मण्डलले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेस गरी शिक्षक पदमा नियुक्ति लिएर भ्रष्टाचार गरेको आरोपमा आयोगले उनीमाथि मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार मण्डलले पीसीएल र ब्याचलरको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएर भ्रष्टाचार गरेको आरोप छ ।
भारतस्थित बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल पटनाबाट आईएस्सी र चौधरी चरण सिंह विश्वविद्यालय मेरठबाट विज्ञानमा स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा उनले नियुक्ति लिएको पाइएको आयोगको आरोपमा पत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4