+
+
Shares

दुर्घटनापछि फरार चालक पक्राउ

पक्राउ पर्नेमा रेसुङ्‍गा नगरपालिका–८ छापटोलका १८ वर्षीय जिप चालक अफिन कामी रहेका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते २०:०२

२४ असार, गुल्मी । गुल्मीको रेसुङ्‍गा नगरपालिका–८ गजुरामा २२ असार बिहान भएको जिप दुर्घटनापछि फरार रहेका चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रेसुङ्‍गा नगरपालिका–८ छापटोलका १८ वर्षीय जिप चालक अफिन कामी रहेका छन् ।

रुपन्देहीको सैनामैना नगरपालिका–१ फेटापारीबाट उनलाई पक्राउ गरिएको गुल्मीका प्रहरी नायब उपरीक्षक ( डीएसपी ) वीरेन्द्र वीर विश्वकर्माले बताए । उनीमाथि सवारी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए ।

उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?