+
+
Shares

संसद्को घम्साघम्सीबारे प्रतिवेदन : सांसदलाई कारबाही गर्ने-नगर्ने सभामुखमै निहित

प्रतिनिधिसभाको गत जेठ १७ को बैठकमा भएको घम्साघम्सीको घटना सम्बन्धमा जाँचबुझ गर्न गठित समितिको प्रतिवेदन तयार भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते २१:२३

२३ असार, काठमाडौं । प्रतिनिधिसभाको गत जेठ १७ को बैठकमा भएको घम्साघम्सीको घटनाको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिको प्रतिवेदन तयार भएको छ ।

जाँचबुझ समिति समितिले आफ्नो प्रतिवेदन सभामुख डोलप्रसाद अर्याललाई बुझाएको छ ।

त्यसदिन विपक्षीहरूको विरोध र नाराबाजीकाबीच प्रतिनिधिसभाको बैठक चलेको थियो । त्यसक्रममा प्रतिपक्ष र सत्तापक्षका सांसद समेत वेलमा पुगेका थिए । कोही सांसद कुर्सीमाथि चढेका थिए भने कसैले रोष्ट्रम पुग्ने प्रयास गरेका थिए ।

प्रतिपक्षका सांसदको नाराबाजीका क्रममा प्रतिरोधमा सत्तापक्षका केही सांसद समेत कुर्सीमा चढेका थिए ।

यो विषयमा जाँचबुझ गरी क्षतिको यकिन गर्न सभामुख डोलप्रसाद अर्यालले चैत १८ गते प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेका थिए ।

उक्त समितिले बुधबार औपचारिक रुपमै सभामुखलाई समितिको प्रतिवेदन बुझाएको हो ।

अधिकारीकाअनुसार अध्ययनले ठूलो क्षतिको विवरण भेटाएको छैन ।

‘ठूलो नोक्सानी, भौतिक क्षति छैन’ संयोजक अधिकारीले भने, ‘यकिन गरेर क्षतिको कुरा गरिएको छैन ।’

अधिकारीका अनुसार सभामुखको उद्देश्य क्षतिको विवरण हेर्ने थियो ।

‘समिति गठनको इन्टेशन क्षति कति भयो हेर्ने भन्ने थियो । त्यसअनुसार टिओआर दिइएको थियो’ अधिकारीले भने, ‘साथै, आगामी दिनमा सभालाई व्यवस्थित र मर्यादित बनाउन के गर्नुपर्छ ? कसको भूमिका के हुन्छ ? कुन पक्षले के ध्यान दिनुपर्छ भनेर सभामुखले टिओआर दिनुभएको थियो । त्यसअनुसार प्रतिवेदन तयार भएको छ ।’

तर त्यसदिन सभामा मर्यादा विपरीतका कार्य गर्ने सांसदहरूको गतिविधि भने प्रतिवेदनमा समेटिएको संसद् सचिवालय स्रोतले जनाएको छ ।

सचिवालय स्रोतका अनुसार डेस्कमाथि चढेका सांसदहरूको नाम प्रतिवेदनमा छ । नेकपा एमालेकी सांसद रिंगला यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक कुमार चौधरीका गतिविधिलाई भिडियो हेरेर त्यसका विवरण समावेश छ ।

प्रतिनिधिसभाको सभाकक्षमै रहेर भिडियो संवाद गर्ने सांसदको नाम पनि समावेश छ ।

सांसदहरूका गतिविधि समेटेर प्रतिवेदन दिइएकाले उनीहरूका हकमा सचेत गराउने वा के गर्ने भन्ने अधिकार सभामुखमै रहेको निष्कर्षमा समिति छ ।

प्रतिनिधि सभा नियमावलीमा समेत यसको कार्यान्वयनको जिम्मा सभामुखको भएकाले सांसदका गतिविधि हेरेर के गर्ने वा नगर्ने भन्ने निर्णय पनि सभामुखले नै लिनु उपयुक्त हुने भनेर सुझाइएको छ ।

यो समिति बाहेक नेपाल प्रहरीले समेत १७ जेठको गतिविधिको सन्दर्भमा मुचुल्का गरेको थियो । उक्त मुचुल्कामा कति वटा माइक फ्याँकिएको थियो, कति वटा माइक कुर्सी मुनि खसेको थियो, कति वटा कुर्सी यता उता सरे भनेर समावेश थियो । त्यसलाई पनि समितिले प्रतिवेदनमा समेटेको छ ।

जाँचबुझ समितिले यसबाहेक सभालाई व्यवस्थित र मर्यादित बनाउन सांसदहरूलाई अभिमुखीकरण र तालिम दिन सकिने सुझाएको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?