+
+
Shares

एमालेको प्रश्न : सरकार एक चीन नीतिविरुद्ध हो ?

नेकपा एमालेले वर्तमान सरकारको परराष्ट्र नीतिबारे प्रश्न गरेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १५:१३

२५ असार, काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारको परराष्ट्र नीतिबारे प्रश्न गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका मुख्य सचेतक ऐन महरले यसबारे प्रश्न गरेका हुन् ।

‘के वर्तमान सरकार एक चीन नीतिको विरुद्धमा हो ?’ उनले भने, ‘के बालेन्द्र शाह नेतृत्वको सरकारको छिमेक सम्बन्धी परराष्ट्र नीति परिवर्तन भएको हो ?’

काठमाडौंको स्वयम्भूस्थित एउटा निम्न माध्यमिक विद्यालयमा दलाइ लामाको जन्मोत्सव मनाउन दिएको विषय उनले संसद्‌मा राखेका हुन् ।

यसअगाडि नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश कुमार हमाल र रमेश मल्लले समेत यो विषय उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?