+
+
Shares

अख्तियार र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १६:१७

२५ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश गरिएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त प्रतिवेदन पेश गरेकी हुन् ।

त्यसैगरी सभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ पनि पेश गरिएको छ ।

उक्त वार्षिक प्रतिवेदन पनि प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री गौतमले पेश गरेकी हुन् ।

संवैधानिक व्यवस्था अनुसार संवैधानिक आयोगको प्रतिवेदन संघीय संसदमा पेश गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?