+
+
Shares

किसानले मल पाएनन्, ग्रिन युरिया प्लान्ट स्थापना गरौं : सांसद लामा

संसद्‌मा बोल्दै उनले मलको समस्या समाधा गर्न ग्रीन युरिया प्लान्ट बनाउन माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १८:५८

२५ असार, काठमाडौं। रास्वपा सांसद डा. राम लामाले किसानले समयमै पर्याप्त मल पाउन नसकेको बताएका छन् । संसद्‌मा बोल्दै उनले मलको समस्या समाधा गर्न ग्रीन युरिया प्लान्ट बनाउन माग गरेका छन् ।

‘नेपाललाई मलमा आत्मनिर्भर बनाउन पाँच लाख मेट्रिक टन क्षमताको ‘ग्रीन युरिया प्लान्ट’ स्थापना गरौं,’ उनले भने । विगत एक दशकदेखि किसानले समयमै पर्याप्त मल नपाएको समस्या दोहोरिँदै आएको उल्लेख गर्दै अहिलेको आयातमुखी प्रणालीका कारण मल नेपाल आइपुग्न औसतमा साढे सात महिना लाग्ने गरेको बताए ।

युरिया ट्रेडिङको अवधारणाबाट बाहिर निस्कन उनले सुझाए । ‘किसानलाई केन्द्रमा राखेर मल उद्योग स्थापना गर्नैपर्छ,’ उनले भने ।

सन् २०५० सम्म नेपाललाई अग्र्यानिक मलमा आधारित कृषि प्रणालीमा रूपान्तरण गर्ने दीर्घकालीन नीति बनाउन सकिने तर त्यस अवधिसम्म किसानलाई आवश्यक पर्ने रासायनिक मल समयमै उपलब्ध गराउर्नेमा जोड दिए ।

रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घटाउने स्वीकार्दै उनले पर्याप्त विकल्प तयार नगरी भावनाका भरमा नीति बनाउन नहुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?