News Summary
Generated by OK AI. Editorially reviewed.- इरानका पूर्व सर्वोच्च नेताको सम्झनामा शनिबार कुम सहरमा आयोजना हुने शोकसभाको नेतृत्व वर्तमान सर्वोच्च नेता मोजतबा खामेनीले गर्ने भएका छन्।
- युद्ध सुरु भएयता सार्वजनिक मञ्चबाट टाढा रहेका मोजतबा लामो समयपछि यस कार्यक्रममार्फत पहिलो पटक सार्वजनिक रूपमा देखा पर्ने सम्भावना देखिएको छ।
- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याका लागि इरानले योजना बनाइरहेको भन्दै इजरायलले अमेरिकालाई खुफिया जानकारी दिएको विभिन्न सञ्चारमाध्यमले दाबी गरेका छन्।
२६ असार, काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको सम्झनामा शनिबार कुम सहरमा शोकसभा आयोजना हुँदैछ। तस्निम न्युज एजेन्सीका अनुसार यस कार्यक्रमको नेतृत्व उनका छोरा तथा वर्तमान सर्वोच्च नेता मोजतबा खामेनीले गर्नेछन्।
युद्ध सुरु भएयता सार्वजनिक मञ्चबाट टाढा रहेका मोजतबा लामो समयपछि पहिलो पटक सार्वजनिक रूपमा देखा पर्न सक्ने अनुमान गरिएको छ। उनको स्वास्थ्य र सुरक्षालाई लिएर लगातार चर्चाहरू भइरहेका छन्।
यसैबीच, अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले दाबी गरेअनुसार, इजरायलले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानले उनको हत्याको योजना बनाइरहेको भन्दै खुफिया जानकारी दिएको थियो।
सीएनएनको रिपोर्टले पनि यो कुरालाई समर्थन गरेको छ। हालै नेटो शिखर सम्मेलनमा ट्रम्पले इरानको ‘हिटलिस्ट’ मा आफ्नो नाम सबैभन्दा माथि रहेको र सुरक्षा खतरा रहेको बताएका थिए।
यद्यपि, यस विषयमा अमेरिका र इरानले आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
प्रतिक्रिया 4