News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेसकी प्रमुख सचेतक बासना थापाले राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेको विषय संसद्मा उठाएकी छन् ।
- थापाले प्रेम आचार्यको आत्मदाहका बेला बालेन शाहले लेखेको स्ट्याटस स्मरण गराउँदै अहिले सत्तामा रहँदा किन मौन भनी प्रधानमन्त्रीलाई प्रश्न गरिन् ।
२६ असार, काठमाडौं । नेपाली कांग्रेसले २५ वर्षीय गणेश नेपालीले बाध्य भएर आत्मदाह गर्नुपरेको बताएको छ ।
शुक्रबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बिहीबार राहदानी विभाग अगाडि बाध्य भएर २५ वर्षीय गणेश नेपालीको आत्मदाहको प्रयास गरेको बताएकी हुन् ।
यो विषय संसद्मा उठाउँदै गर्दा उनले २०७९ माघ १० गते प्रेम आचार्यले नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेको स्मरण गरिन् । त्यसबेला बालेन शाह काठमाडौं महानगरपालिकाका मेयर थिए । त्यसबेला उनले आचार्यको आत्मदाहमा राज्यको नीति जोडिएको भनेर स्ट्टस लेखेका थिए ।
बालेनलाई त्यसबेलाको स्ट्याटस थापाले स्मरण गराएकी हुन् ।
‘प्रेम आचार्यले नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गर्दा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नुभएको स्ट्टस आज पनि सम्झनु भएको छ कि बिर्सनुभयो प्रधानमन्त्री ज्यू ?’
विगतमा प्रश्न गरेको तर अहिले सत्ताको नेतृत्वमा रहँदा किन मौन रहेको भनेर उनले प्रश्न गरिन् ।
प्रतिक्रिया 4