News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले कानुनी राज्यको विधिविधान र शासन पद्धतिलाई गम्भीरतापूर्वक बुझ्नुपर्ने बताएका छन् ।
- उनले सरकार र नागरिकबीच सहकार्य हुनुपर्नेमा अहिले प्रतिद्वन्द्विता बढेको भन्दै मुलुकलाई द्वन्द्वको दुष्चक्रमा नफसाउन चेतावनी दिएका छन् ।
- अर्यालले सुशासनको मेरूदण्ड कानुनी शासन भएको बताउँदै सरकार सम्बद्ध व्यक्तिहरूलाई उन्मुक्ति दिने कार्य बन्द गर्नुपर्नेमा जोड दिएका छन् ।
२६ असार, काठमाडौं । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले कानुनी राज्य कसरी सञ्चालन हुन्छ भन्ने सरकारले सञ्चालनकर्ताले बुझ्नुपर्ने बताएका छन् ।
गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न गरेका हुन् ।
‘कानुनी राज्य कसरी सञ्चालन हुन्छ ? सर्वप्रथमः सरकार सञ्चालनकर्ता स्वयंले बुझ्नु पर्छ, अनि नागरिकसँग सहकार्य गर्नु पर्दछ । आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ’ उनले आज समाजिक सञ्जालमा लेखेका छन् ।
उनले फेरि पनि मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् भन्ने उल्लेख गरेका छन् ।
‘कानुनी राज्यमा नागरिकले मात्र होइन, सरकारले पनि विधिविधानको सही रूपमा पालना गर्नु पर्दछ । सबै विचारधारा, वर्ग समुदायहरूका नागरिकसँगको सहकार्यमा सत्य, निष्ठा र मानवताको आधारमा राज्य सञ्चालन हुनु पर्दछ । स्पष्ट छ कि, सुशासनको मेरूदण्ड कानुनी शासन हो । तर कानुनी शासन भएको देशमा आम नागरिकहरूलाई सास्ती नै सास्ती र सरकार सम्बद्ध व्यक्तिहरूलाई चाहिँ उन्मुक्ति नै उन्मुक्ति हुनुहुँदैन । अहिले पनि लक्षणहरू राम्रा देखिएका छैनन्’ उनले भनेका छन् ।
प्रतिक्रिया 4