+
+
Shares

कुनै नेपालीहरूले आत्मदाह गर्नु नपरोस् : रास्वपा सांसद राना

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुगुका २५ वर्षीय गणेश नेपालीको त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानाले गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै यस घटनाबारे सरकारको ध्यानाकर्षण गराएकी छन् ।
  • सवारी साधनमा ह्विल लक लगाएको विषयमा आक्रोशित भई आत्मदाहको प्रयास गरेका नेपालीको घटनाले संसद्मा समेत प्रवेश पाएको छ ।

२६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानाले गणेश नेपालीको निधनप्रति दु:ख व्यक्त गरेकी छन् ।

‘गणेश नेपाली भाइप्रति एकदमै गम्भीर जुन घटना घट्यो यसमा सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन्, ‘अबदेखि कुनै नेपालीहरूले यसरी आत्मदाह गर्नु नपरोस् ।’

मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।

करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा उनको शुक्रबार मृत्यु भएको छ ।

भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि उनले आत्मदाहको प्रयास गरेका थिए ।

शुक्रबार बिहान उपचारको क्रममा उनको निधन भएको छ ।

यो विषयमा संसद्मा अन्य सांसदहरूले पनि सरकारको ध्यानाकर्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?