+
+
Shares

गणेश नेपालीकाे मृत्युप्रति परराष्ट्र मन्त्रालयद्वारा दु:ख व्यक्त

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त घटनालाई दुःखद् भन्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौँस्थित राहदानी विभाग नजिकै आफैंमाथि पेट्रोल छर्केर आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ।
  • परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त दुःखद घटनाप्रति मन्त्रालयको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
  • बिहीबार मोटरसाइकलमा ह्वील लक गरेको विषयमा विवाद हुँदा नेपालीले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

काठमाडौं । काठमाडौँस्थित राहदानी विभाग नजिकै पेट्रोल छर्केर आगो लगाएका कारण मृत्यु भएका मुगुका गणेश नेपालीको घटनाप्रति परराष्ट्र मन्त्रालयले दुःख व्यक्त गरेको छ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त घटनालाई दुःखद् भन्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

प्रवक्ता क्षेत्रीले गणेश नेपालीको निधनप्रति मन्त्रालयको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे।

बिहीबार दिउसाे १:३८ बजेकाे समयमा माेटरसाइकलमा ह्वील लक गरेकाे विषयमा विवाद हुँदा नेपालीले आफैमाथि पेट्रोल छर्केर आगाे लगाएका थिए।

आगाे लागेर गम्भीर भएका उनकाे उपचारको क्रममा विर अस्पतालमा निधन भएकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?