+
+
Shares

राज्यका कारण गणेश नेपालीले ज्यान गुमाएको कांग्रेस सांसद गुरुङको आरोप

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेनले लेखेका शब्द सापटी लिँदै प्रधानमन्त्रीका कारण गणेश नेपालीले आत्मदाह गरेको बताएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १५:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी सांसद गीता गुरूङले मुगुका गणेश नेपालीले गरेको आत्मदाहको घटनाका लागि प्रधानमन्त्री बालेन शाहलाई जिम्मेवार ठहराएकी छिन्।
  • सांसद गुरूङले प्रेम आचार्यको आत्मदाह प्रकरणमा बालेन शाहले दिएको अभिव्यक्ति सापटी लिँदै राज्यको चरम असफलताले नै यस्तो घटना निम्त्याएको आरोप लगाइन्।
  • सरकारसँग उनले सुकुमवासीहरूको गाँस र बासको संवैधानिक हक सुनिश्चित गर्दै स्थायी पुनर्स्थापनाका लागि तत्काल रकम उपलब्ध गराउन माग गरिन्।

२६ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरूङले राज्यका कारण मुगुका गणेश नेपालीले आत्मदाह गरेको बताएकी छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेनले लेखेका शब्द सापटी लिँदै प्रधानमन्त्रीका कारण गणेश नेपालीले आत्मदाह गरेको बताएकी हुन् ।

‘प्रधानमन्त्रीज्यू गणेश नेपालीको घटनामा तपाईंकै शब्द सापटी लिएर भन्छु, यो घटनाको मुख्य कारण राज्य हो,’ सांसद गुरूङले भनिन् ।

उनले तीन वर्ष अघि प्रेम आचार्यले सांसद् भवन अगाडि आत्मदाह गर्दा बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका विषय पनि संसद्लाई स्मरण गराइन् ।

‘यतिबेला म प्रधानमन्त्रीज्यूले प्रेम आचार्यले संसद भवन अगाडि आत्मदाह गर्दा लेखेको कुरा सम्झिन चाहान्छु,’ गुरूङले भनिन्, ‘उहाँ भन्नुभएको थियो– एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान् । तर, सबै भन्दा ठूलो कारण राज्य हो । र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।’

कांग्रेस सांसद गुरूङले सुकुमवासीका लागि गाँस र बासको संवैधानिक हक ग्यारेन्टी गरेर सबै विस्थापित परिवारको खातामा तत्काल रकम जम्मा गर्न र उनीहरूको स्थायी पुनर्स्थापना नभएसम्म मानवीय संकट आउन नदिन पनि सरकारसँग माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?