+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गुगलले ल्यायो एन्ड्रोइड ‘ललिपप’, नेक्ससका ३ नयाँ डिभाइस पनि सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३० गते १८:५९

lollipoplead
इन्टरनेट जाएन्ट गुगलले आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टम को पाँचौ सस्करण ‘ललिपप’ सार्वजनिक गरेको छ । ललिपप सँगै गुगलले विभिन्न ३ प्रकारका नेक्सस डिभाइस समेत सार्वजनिक गरेको छ । जसमा नेक्सस सिक्स स्मार्टफोन, नेक्सस नाइन ट्याबलेट सँगै नेक्सस प्लेयर रहेका छन् ।

नयाँ सार्वजनिक गरिएका नेक्सस सिक्स र नेक्सस नाइन ‘ललिपप’ बाट चल्नेछन् । एन्ड्रोइड टिभीमा चल्ने पहिलो डिभाइसको रुपमा नेक्सस प्लेयर रहेको छ ।

एन्ड्रोइड फाइभ अर्थात् ललिपपको बखान गर्दै गुगलको एन्ड्रोइड अपरेशन प्रमुख सुन्दर पिचाइले भनेका छन्, ‘यो अपरेटिङ सिस्टम यस्तो प्रकारले बनाइएको छ की सबै डिभाइसमा यसले काम गर्छ र प्रयोगकर्ताको आवश्यकता अनुसार फिट हुन्छ ।’

एन्ड्रोइड वेबसाइटका अनुसार ललिपपको माध्यमबाट प्रयोगकर्ताले कुनै एक एन्ड्रोइड डिभाइसमा रहेका विभिन्न डाटा तथा फाइलहरु तथा गुगल सर्चको नतिजा आफ्ना अन्य एन्ड्रोइड डिभाइसबाट प्राप्त गर्न सकिन्छ ।

एप्पलले हालै ठूलो स्त्रिmनवाला दुइ आइफोन सार्वजनिक गरेको र नयाँ आइप्याड समेत लन्च गर्न लागेको अवस्थामा गुगलले नयाँ नेक्सस स्मार्टफोन, ट्याब्लेटका साथै नयाँ अपरेटिङ सिस्टम ल्याएर प्रतिस्पर्धामा आफुलाई अगाडि राख्ने प्रयत्न गरेको टिप्पणी गरिएको छ ।

म्ाोटोरोलाले बनाएको गुगल नेक्सस सिक्समा आल्मुनियमको फ्रेम तथा पछाडिको ढकनी छ । यसमा ५.९६ इन्चको क्यूएचडी डिस्प्लेका साथै २.७ गिगाहर्जको क्वाड कोर क्वालकोम स्नापड्रागन ८०५ प्रोसेसर र ३ गिगाबाइटको र्याम रहेको छ । पछाडिको क्यामरा ड्युल एलइडी फ्लासवाला १३ मेगा पिक्सेलको छ भने अगाडिको क्यामरा २ मेगापिक्सेलको रहेको छ । यसको मूल्य ६ सय ९९ डलर तोकिएको छ ।

गुगल नेक्सस नाइनलाई एचटिसीले बनाएको हो । यसमा ८.९ इन्चको क्यूभिजिए डिस्प्ले रहेको छ । साथै ६४ बिट प्रोसेसर, २.३ गिगाहर्ज ६४ बिटको एनभिडिया टेग्रा के वा प्रोसेसर रहेको छ ।

मिडिया स्टि्रमिङ डिभाइसको रुपमा रहेको नेक्सस प्लेयर गुगलको सेट टप बक्स तथा टिभीको लागि बनाइएको सफ्टवेयर प्लेटर्फम एन्ड्रोइड टिभीमा संचालित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?