+
+
Shares

म्युजिक भिडियोबाट अभिनयमा फर्किइन् मौसमी मल्ल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वरिष्ठ अभिनेत्री मौसमी मल्ल ‘म हुँ सृष्टिको फक्ताङलुङ’ म्युजिक भिडियोमार्फत लामो समयपछि अभिनयमा फर्किएकी छन् ।
  • नीता आचार्यको स्वर र गोविन्द राईको निर्देशनमा तयार भिडियोमा मौसमीलाई परम्परागत नेपाली भेषभुसामा प्रस्तुत गरिएको छ ।
  • सन् २०१७ पछि अभिनयबाट टाढिएकी अभिनेत्री मल्लले उक्त भिडियोमार्फत आफू सक्रिय भएको जानकारी दिएकी छन् ।

काठमाडौं । वरिष्ठ अभिनेत्री मौसमी मल्ल लामो समयपछि ‘म हुँ सृष्टिको फक्ताङलुङ’ म्युजिक भिडियोमार्फत दर्शकमाझ आएकी छन् । नीता आचार्यको स्वरमा रहेको गीतको भिडियोमा मल्ल फिचर्ड छिन् ।

गोविन्द राईको नृत्य निर्देशनमा तयार भएको भिडियोमा मौसमीलाई परम्परागत नेपाली भेषभुसामा देख्न सकिन्छ । नेपालको इतिहास बोकेको विभिन्न पात्रमा उनी गीतको भिडियोमा प्रस्तुत भएकी छन् ।

रमणीय लोकेसनमा खिचिएका दृश्यले दर्शकको मन जित्ने पक्का छ । मौसमीले गीतको भिडियोमार्फत आफू दर्शकमाझ आएको बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू नेपालमा रहेको बताएकी छन् । गीतमा मनु लोहोरुङ राईको शब्द रचना छ भने संगीत तथा एरेन्ज साज सिंहको छ । दर्शकले भिडियोलाई नीता आचार्यको युट्युब च्यानलमार्फत हेर्न सक्नेछन् ।

मौसमी अभिनित पछिल्लो फिल्म ‘कारखाना’ सन् २०१७ मा रिलिज भएको थियो । त्यसयता उनी फिल्म क्षेत्रबाट गुमनामजस्तै छिन् । दर्शकले पनि उनको खोजी गरिरहेका थिए । यस्तोमा, मौसमीले गीतमार्फत आफू अभिनयमा सक्रिय भएको जनाउ दिएकी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?