News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघको कार्यकारी समितिमा नेपालका राजकुमार कार्की पुनः निर्वाचित भएका छन्।
- सन् २०२६–२०३० कार्यकालका लागि कार्कीले दोस्रो उच्च मतसहित कुल मतको करिब ७० प्रतिशत प्राप्त गरेका हुन्।
- कार्कीले नेपाल र सम्पूर्ण नेपाली खेलकुदका लागि यो ऐतिहासिक क्षण भएको भन्दै आगामी कार्यकालमा समर्पणका साथ सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे।
६ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को कार्यकारी समितिमा नेपालका राजकुमार कार्की पुन: निर्वाचित भएका छन् ।
सन् २०२६–२०३० को कार्यकालका लागि निर्वाचित १४ जना सदस्यहरूमध्ये कार्कीले दोस्रो उच्च मत प्राप्त गरेका हुन् । उनले कुल मतको करिब ७० प्रतिशत मत हासिल गरेका थिए ।
पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिँदै कार्कीले यो आफ्नो व्यावसायिक जीवनकै ठूलो सम्मानमध्ये एक हुनुका साथै नेपाल र सम्पूर्ण नेपाली खेलकुदका लागि ऐतिहासिक क्षण भएको बताए ।
उनले महासभाका प्रतिनिधि तथा आइएसएफ सदस्यहरूलाई सर्बियाका प्रधानमन्त्री डुरो माकुटले स्वागत र सम्मान गरेका थिए ।

कार्कीले आफूलाई विश्वास, भरोसा र अमूल्य समर्थन प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी कार्यकालमा समर्पण, इमानदारी र एकताका साथ सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले उहाँले नेपाललाई विश्व मञ्चमा गर्वका साथ प्रतिनिधित्व गर्दै अझ सशक्त, समावेशी र गतिशील ISF निर्माणमा योगदान पुर्याउने बताए ।

प्रतिक्रिया 4